प्राकृतिक विपत्तिको कठिन घडीमा भोटेकोशी र त्रिशुली करिडोरका बाढीपहिरोपीडित दाजुभाइ तथा दिदीबहिनीहरूको पुनरोत्थानका लागि सहकार्यको हात बढाउने अवसर जुटाइदिएकोमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (IPPAN) प्रति हार्दिक आभार व्यक्त गर्दै, दिव्य ज्योति हाइड्रोपावरको तर्फबाट सम्पूर्ण प्रभावित परिवारजनप्रति गहिरो सहानुभूति प्रकट गर्दछौं। जलविद्युत् क्षेत्र र स्थानीय समुदाय एक-अर्काको परिपूरक भएकाले संकटको यस समयमा भौतिक दुरी भए पनि हाम्रो भावना र प्रतिबद्धता सधैं हजुरहरुकै साथमा छ; सामूहिक प्रयास र उच्च मनोबलका साथ हामी सबै मिलेर यो अध्याँरो समयलाई पछाडि पार्दै चाँडै पुनरुत्थानको नयाँ उज्यालोतिर अगाडि बढ्नेछौं।
At this difficult time of natural disaster, we would like to express our heartfelt gratitude to the Independent Power Producers’ Association, Nepal (IPPAN), for providing us with the opportunity to extend a helping hand toward the recovery of the flood- and landslide-affected brothers and sisters of the Bhotekoshi and Trishuli corridors.
On behalf of Divya Jyoti Hydropower, we extend our deepest sympathy to all affected families. As the hydropower sector and local communities are mutually dependent and closely connected, even though we may be physically distant during this time of crisis, our thoughts, support, and commitment remain firmly with you.
With collective effort and strong determination, we believe that together we will overcome this dark period and move forward toward a new light of recovery and rebuilding.